बरामद करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करीमा दुई जनाविरुद्ध अभियोगपत्र दायर

काठमाडौँ । काठमाडौंको टोखा क्षेत्रबाट ट्रकमार्फत तस्करी गर्न खोजिएको झन्डै २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ परेका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले अभियोगपत्र दायर गरेको छ। विभागले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका निवासी कुसाङ लामा (फुच्चे) र फरार अभियुक्त नारायण पौडेललाई मुख्य योजनाकार ठहर गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो।

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार मंगलबार दायर गरिएको अभियोगपत्रमा विदेशी विनियम ऐनअन्तर्गत २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बिगो दाबी गरिएको छ।

चैत ४ गते टोखाबाट ना ७ ख १६५२ नम्बरको ट्रकको ‘फल्स बटम’ मा लुकाएर तस्करी गर्न लागिएको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित कुसाङ लामा पक्राउ परेका थिए। उनीसँगै पक्राउ परेका पौडेल भने त्यसयता फरार छन् र अदालतबाट उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ। बरामद रकम र ट्रकसहित लामा अहिले राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन्।

सम्बन्धित समाचार

ताजा न्यूज