काठमाडौँ । शुक्रबार बिहानदेखि सूचना प्रविधि विभाग, सञ्चार मन्त्रालय, दूरसञ्चार प्राधिकरणलगायत दर्जनौँ सरकारी वेबसाइटहरू अचानक बन्द भएका छन्।
सरकारको एकीकृत डेटा सेन्टरमा विद्युत् आपूर्तिमा समस्या आएपछि वेबसाइटहरू प्रभावित भएका हुन्। संवेदनशील साइटहरू जनेरेटरमार्फत सञ्चालनमा आए पनि अन्य साइटहरू बन्द छन्।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार बन्द भएका साइटहरू चाँडै पुनः सञ्चालनमा आउनेछन्। हेटौंडाको ब्याकअप साइटले पनि सम्पूर्ण प्रणाली धान्न सकेको छैन।