काठमाडौं । राष्ट्रिय सूचना आयोगले ‘रूटिन अफ नेपाल उर्फ रूटिन अफ नेपाल बन्द’ लाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
विवेक चौधरीद्वारा दर्ता गरिएको पुनरावेदनमा सुनुवाइ गर्दै आयोगले सूचना नदिने कुनै आधार वा कारण भए त्यसको प्रमाणसहित स्पष्टीकरण पेश गर्न सूचना अधिकार ऐन, २०६४ को दफा १०(२) बमोजिम आदेश जारी गरेको हो।
आयोगले जवाफ नपठाए कानुनअनुसार कारबाही अघि बढाइने चेतावनी समेत दिएको छ।