व्यवसायी दुर्गा प्रसाईँका अस्पतालका रोक्का खाताहरू सञ्चालनमा ल्याउन दिन सर्वोच्चको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सञ्चालक रहेका दुई अस्पतालका रोक्का खाताहरू सञ्चालनमा ल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको आन्दोलनपछि विभिन्न तोडफोड र आगजनीका घटनाहरू सार्वजनिक भएका थिए। आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको थियो। घटनापछि प्रसाईँ फरार घोषित भएसँगै उनका व्यक्तिगत खातासहित उनी सञ्चालक रहेका वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि तथा र्वाञ्चल क्यान्सर हस्पिटल प्रालिका खाताहरू पनि रोक्का गरिएको थियो।

उक्त खाताहरू फुकुवा गर्न अस्पतालका तर्फबाट डा. अञ्जली कार्कीले छुट्टाछुट्टै रिट दायर गरेकी थिइन्। ती रिटमा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लगायत १८ र १४ जनालाई विपक्षी बनाइएको थियो।

रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले खाताहरू सञ्चालनमा ल्याउन अन्तरिम आदेश जारी गरेको हो। साथै, अदालतले विपक्षीहरूलाई खाता रोक्का गर्नुको कारण स्पष्ट पार्न ‘कारण देखाउ’ आदेशसमेत दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज