काठमाडौं । पोखरा महानगरपालिकामा कार्यरत एक शाखा अधिकृत कपिल गिरीमाथि घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
कास्की जिल्लाको पोखरा महानगरपालिका अन्तर्गत उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत गिरीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा चलाएको हो।
अनुसार, सेवाग्राहीको उजुरीसम्बन्धी कागजात मेटाइदिने आश्वासन दिँदै गिरीले रकम लिएका थिए। अख्तियारले उनीलाई रंगेहात पक्राउ गरेर अनुसन्धान थालेको थियो।
छानबिनमा घुस लिएको प्रमाण भेटिएपछि आयोगले गिरीमाथि उपयुक्त कानुनी कारबाहीको माग गर्दै बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गराएको जनाएको छ।