रघुजी पन्त शिक्षामन्त्री नियुक्त, भोलि शपथ

काठमाडौं । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा नेकपा एमालेका सांसद रघुजी पन्त नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई मन्त्री नियुक्त गरेका हुन्।

शीतल निवास स्रोतका अनुसार, पन्तको शपथ ग्रहण कार्यक्रम भोलि (बिहीबार)का लागि तय गरिएको छ। यद्यपि, शपथको सटीक समय भने अहिलेसम्म निर्धारण गरिएको छैन।

पन्त नेकपा एमालेका समानुपातिक सांसद हुन् र लामो समयदेखि राजनीतिमा सक्रिय छन्। उनले विभिन्न समयमा पार्टी भित्र विभिन्न जिम्मेवारीहरू सम्हालिसकेका छन्।

यसअघि, शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते पदबाट राजीनामा दिएकी थिइन्। उनले सार्वजनिक रूपमा प्रधानमन्त्रीबाट सहयोग नपाएको र काम गर्न असहज भएको भन्दै राजीनामा दिएको बताइए पनि, प्रधानमन्त्रीलाई बुझाइएको औपचारिक पत्रमा स्वास्थ्य कारण उल्लेख गरिएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज