तीनकुने घटनाः रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई तीन दिन म्याद थप

काठमाडौं । तीनकुनेमा १५ चैतमा भएको राजावादी प्रदर्शनको सिलसिलामा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र सो प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहितका व्यक्तिहरूमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ।

काठमाडौं जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो। यसअघि मिश्रलगायत २० जनामाथि २६ चैतमा १५ दिनको म्याद थप गरिएको थियो भने प्रसाईंमाथि २९ चैतमा १२ दिनको म्याद थप गरिएको थियो।

हाल काठमाडौं परिसरको हिरासतमा ६४ जना छन्। पक्राउ परेकामध्ये ८५ जनालाई अदालतको म्यादमा अनुसन्धान गरिँदैछ। २१ जनालाई हाजिरी जमानीमा रिहा गरिएको भए पनि उनीहरूविरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ।

तीनकुनेको प्रदर्शन हिंसात्मक बन्दा पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो। मुख्य योजनाकार दुर्गा प्रसाईंलाई भारतको आसामबाट २८ चैतमा पक्राउ गरी भोलिपल्ट काठमाडौं ल्याइएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज