एमालेमा ओली विरुद्ध बोल्यो कि पोल्यो, पार्टी अध्यक्षमाथि प्रश्न उठाउनेलाई कारवाहीको डरले तै चुप मै चुप

काठमाडौं । एमालेमा ओली विरुद्ध बोल्नै नहुने मान्यता स्थापित हुँदै गएको छ । पार्टी अध्यक्ष ओलीमाथि प्रश्न उठाउनेलाई स्पष्टीकरणसहितको कारवाहीको डरले पार्टीभित्र गलत भएकोर ओलीले गलत गरेपछि कारवाहीको डरले चुप मै चुप भइरहेको छन् ।

। यस अघि पार्टी विरुद्ध र ओलीको विरोध गर्ने नेताहरु कारवाहीमा परेकादेखि निष्कासन्न भएका थुप्रै उदाहरण छन् । त्यसैलेमा एमालेमा ओली विरुद्ध बोल्ने भिम रावल हुन्छन भन्ने गरिन्छ । ओली बिरुद्ध प्रश्न उठाएको र बोलेकै कारण भिम रावल कारवाहीमा पर्दै पार्टीबाटै निष्कासित भएका हुन ।

पछिल्लो समय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएकी विद्या भट्टराईराई पक्षमा बोल्ने र ओलील असहयोग गर्यो भन्ने विरुद्ध पनि स्पष्टीकरण र कारवाहीको चर्चा चल्न थालेको छ ।

पछिल्लो समय एमालेकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओली विरुद्ध बोलेकै कारण स्पष्टीकरण सोधिनसक्ने अभिव्यक्ति ओलीबाटै आउन थालेको छ । भट्टराईको राजीानामा गर्ने निर्णयलाई लिएर उनको दल नेकपा एमाले पंक्ति भने विभाजित छ।

एउटा पंक्तिले मन्त्री पदबाट राजीनामा दिने निर्णयमा खुलेर भट्टराईलाई समर्थन गरिरहेको छ भने अर्को पंक्तिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई असहयोग गरिएको भन्दै भट्टराईको आलोचना गर्दैछन् ।

स्वंय प्रधानमन्त्री ओलीले नै भट्टराईविरूद्ध माहोल निर्माण गर्ने नेतृत्व गरिरहेका छन् । पार्टी स्थापना दिवसको अवसरमा ९ वैशाखमा आयोजित कार्यक्रम मार्फत् प्रधानमन्त्री ओलीले विद्या भट्टराईले काम गर्न नसकेर राजीनामा दिएको बताएका थिए।

तर आफूसँग जोडेर भट्टराईको राजीनामाबारे समाचार प्रकाशित भएको भन्दै ओलीले आमसञ्चार माध्यमहरूमाथि अविश्वास सिर्जना गर्नेगरी गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए ।

भट्टराईको राजीनामा प्रकरणलाई ओलीले सार्वजनिक अभिव्यक्ति मात्र सीमित नगरेर पार्टीकै आन्तरिक बैठकमा पनि उठाएका छन् । गत शनिबार, १३ वैशाखको संसदीय दलको बैठकमा ओलीले भट्टराईको राजीनामालाई लिएर पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यप्रति चर्को असन्तुष्टि जनाएका छन् ।

ओलीको असन्तुष्टि सुनेपछि एमाले वृत्तमा अहिले उपाध्यक्ष शाक्यलाई पनि स्पष्टीकरण सोधिन सक्ने भय फैलिएको देखिन्छ । ‘दलको बैठकमा प्रधानमन्त्री जसरी प्रस्तुत हुनुभयो, त्यसले अब अष्टलक्ष्मी शाक्यलाई पनि स्पष्टीकरण सोधिन सक्छ भन्ने पार्टी पंक्तिमा परेको हुन सक्छ’, त्यो बैठकमा सहभागी एक सांसद भन्छन् ।

ती सांसदका अनुसार दलका नेता समेत रहेका ओलीले लगातार शाक्यप्रति आक्रोश पोखेका थिए । विद्याले किन राजीनामा दिनुभयो भन्ने अहिलेसम्म मैले थाहा नपाएको ओलीले भनेका एमाले नेताले नै बताइरहेका छन् । ओलीले भनेका छन् स्वास्थ्यका कारणले राजीनामा आएको हो । तर चर्चा अर्कै चलिरहेको छ । राजीनामा दिनेलाई हिरो बनाइँदैछ ।

राजीनामा दिएर हिरो बन्न खोजेको भन्ने कुरा ओलीले बताइरहँदा विद्या भट्टराई कुनै प्रतिक्रिया नजनाई सुनेर बसिरहेकी थिइन् । राजीनामाबारे भट्टराईले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया समेत जनाएकी छैनन् ।

तर उपाध्यक्ष शाक्य उनै राजीनामा दिने मन्त्रीलाई हिरो बनाउन हिंडेको ओलीको भनाइ थियो । ‘बहकाउमा अरु मान्छे त लागे लागे, पार्टीकै उपाध्यक्ष पनि त्यसमा ‘’ बैठक स्रोतका अनुसार तीन पटक यही कुरा ओलीले भनेका थिए ।

‘दलको बैठकमा प्रधानमन्त्री जसरी प्रस्तुत हुनुभयो, त्यसले अब अष्टलक्ष्मी शाक्यलाई पनि स्पष्टीकरण सोधिन सक्छ भन्ने पार्टी पंक्तिमा परेको हुन सक्छ’
भट्टराईले राजीनामा दिएपछि शाक्यले सामाजिक सञ्जाल मार्फत् असन्तुष्टि जनाएकी थिइन् । ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा किन दिनु पर्‍यो ? विद्या भट्टराई सक्षम, इमान्दार, उच्च नैतिकता भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो रु’, शाक्यले लेखेकी थिइन् ।

स्टाटसबाटै भट्टराईलाई उपाध्यक्ष शाक्यले हौसला पनि दिएकी थिइन् । ‘उहाँलाई सहयोग किन भएन रु कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैं प्रेरणा बनोस्’, शाक्यले लेखेकी छन् ।

शाक्यको स्टाटसपछि अरु थुप्रै नेताहरूले भट्टराईलाई साथ दिंदै स्टाटस लेखेका थिए, विशेषगरी महिला नेताहरूले । तर पार्टीभित्र देखिएको यस्तो दृश्यप्रति गम्भीर चासो राखेका ओलीले शाक्यप्रति चर्को असन्तुष्टि जनाएका छन् ।

‘विगतमा पनि पार्टीको निर्णयमा फरक मत राख्ने नेताहरूलाई स्पष्टीकरण र कारबाही गरिएको थियो । त्यसैले यसपटक उपाध्यक्ष कमरेडलाई स्पष्टीकरण सोधिन सक्छ भन्ने पार्टी पंक्तिमा परेको हुन सक्छ’ एमालेका अर्का एक नेता भन्छन्, ‘तर अरुलाई कारबाही गर्नु र अष्टलक्ष्मी शाक्यलाई स्पष्टीकरण सोध्नु एउटै कुरा होइन । यस्तो नहोला ।’

सम्बन्धित समाचार

ताजा न्यूज