विदेशिएका श्रमिकको हकहितका काम गर्दै वैदेशिक रोजगार बोर्ड, यस्ता छन बोर्डका सेवा

काठमाडौं । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधिभित्र वा तोकिएको अवधिभित्र सम्मका लागि कामदार एवं कामदारको परिवारलाई बोर्डबाट देहाय बमोजिमका सेवा प्रदान गर्ने गरेको छ ।

  • कामदार विदेश वा नेपालमा समेत बिरामी वा अंगभंग भएमा उपचारका लागि ७ लाख रुपैयाँ सम्म आर्थिक सहायता।
  • कामदारको घरपरिवारका सदस्यलाई गम्भीर रोग लागेमा एक पटकका लागि ५० हजार रुपैयाँ सम्म औषधी उपचार सहयोग।
  • विदेशमा उद्दार तथा खोजतलासको समन्वय तथा स्वदेश फिर्ता ल्याउने एवं फौजदारी अभियोग लागि कानूनी सहायता आवश्यक परेमा कानुनी प्रतिरक्षा सहायता।
  • महिला कामदारले पूर्वप्रस्थान अभिमुखीकरण तालिम वापत तिर्नुपर्ने शुल्क सोधभर्ना ।
  • विदेशमा कामदारको मृत्यु भएमा शव नेपाल झिकाउने एवं त्रिभुवन विमानस्थलवाट इच्छाईएको सडक पुगेको स्थलसम्म निःशुल्क शव ढुवानी सेवा।
  • मृतक कामदारको नजिकको हकवालालाई २५ हजार वा ७ लाख रुपैया आर्थिक सहायता प्रदान।
  • पूर्ण आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई वैदेशिक रोजगार छात्रवृत्ति सहायता।
  • विदेशवाट फर्किएका रिटनी कामदारहरुलाई उद्यमशील बनाउने लगायत अन्य प्रवर्द्धनात्मक विभिन्न कार्यक्रमहरु
  • उपरोक्त सेवा लिनका लागि सम्बन्धित स्थानीय तहको रोजगार सेवा केन्द्र, आप्रवाशी स्रोत केन्द्र वा वैदेशिक रोजगार बोर्डको सचिवालयमा भौतिक रुपमा वा विभिन्न माध्यमबाट सम्पर्क गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज