क्षमतामा होइन, अवसरको कमी हो नेपाली कानून व्यवसायीको

नेपाली कानून व्यवसायीहरू संसारभरिका प्रसिद्ध विश्व विद्यालयमा अध्ययन अध्यापन गरि आफ्नो मेहनतको छाप उत्कृष्ट अङ्क र कार्य क्षमताले प्रमाणित गरिसकेका छन् भने कति ठूला ठूला ल फर्महरू र अर्न्तराष्ट्रिय संस्थासँग आवद्द छन् । नेपालमा नै कानुन व्यवसाय गर्नेहरू उत्कृष्ट र अब्बल छन् र सफलताका मीठा र आशावादी संघर्षका इतिहास छन् l यही पाएको अवसरलाई गज्जबले सदुपयोग गरेका छन् र गर्ने सामर्थ्य राख्छन् । चाहे नेपाल होस वा विदेश, तर पनि कुरो के हो भने अवसर नै हो, जसको खाँचो छ l

आ.इ बि. ए. को अमेरिकाको सम्मेलनमा सायद पहिलो पल्ट होला नेपाल बार एसोसिएसनको नेतृत्वको सहभागिता थियो  l अध्यक्ष ब.अ, शेर बहादुर केसी, महासचिव खम्म बहादुर खाती, ब.अ. उपेन्द्र केशरी न्यौपाने र ने. बा. ए. सदस्य इन्द्र अधिकारी र म समेतको सहभागिताले हाम्रो उपस्थिति सानो भए पनि गज्जबको थियो l बिभिन्न देशका बार नेतृत्व र नेपाल बारको सञ्जाल र सम्बन्ध बढाउन उनिहरूसँग समन्वय गर्ने जिम्मा महाधिवेसन भरिका लागि ने बा ए का अध्यक्ष शेर बहादुर सर र खम्म दाइले मलाई दिनु भयो र भन्नु भयो “सरोज जी तपाईँलाई कुसुम श्रेष्ठको जिम्मा दिइएको छ, बारको सम्बन्ध सक्दो बिस्तार गर्न लाग्नु होला l” कुसुम श्रेष्ठ त्यसै त मेरा लागि प्रेरणा को विशाल प्रतिमा, शेर बहादुर सर र खम्म दाइ को निर्देशनले उत्साहित गरायो अनि त्यसपछि सम्मेलनभरि अन्य देशका बार नेतृत्वसँग भेटेर नेपाल बार र नेपाली कानून व्यवसायीको बारेमा जानकारी र सहकार्यका लागि लागि परियो l

सम्मेलन पश्चात नेपाल फर्केको ४-५ महिना पछि एक दिन शेर बहादुर सर र खम्म दाइ ले ने. बा. ए. मा बोलाइ तपाईँलाई हामी अध्यक्ष महासचिवसँगै नेपाल बारको तर्फबाट आइ बि ए को काउन्सिलरको रुपमा चुनिएको छ l आई. बि. ए.सँग तपाईँ को लामो सम्बन्ध भएको हुनाले नेपाल बारलाई आइ. बि. ए. को गतिविधिसँग फेरी जोड्नु पर्यो जसले गर्दा नेपाली कानून व्यवसायीहरूलाई पनि आइ. बि. ए. सँग सक्रियता बढोस् l हुन त नेपाल बारको प्रत्येक कार्य समितिले अध्यक्ष र महासचिव बाहेक एकजना चुन्दछ काउन्सिलरको रुपमा त्यो मेरो लागि एउटा महत्व पूर्ण जिम्मेवारी थियो ने.बा. ए. ले दिएको । तर यो नियुक्ति पूर्व नै मलाई अस्ट्रेलियाको सिड्नी सम्मेलनमा वक्ताको रुपमा आमन्त्रण आइसकेकोले मलाई आइ.बी. ए. सँग वार्ता गर्न असजिलो भएन l युवा कानुन व्यवसायीको अवसरका लागि l आइ. बि. ए .ले प्रत्येक वर्ष हाम्रो जस्तो राष्ट्रका युवा कानून व्यवसायीलाई सम्मेलनका लागि फेलोसिप प्रदान गर्छ जसकालाई ३५ वर्ष ननाघेको हुनु पर्छ | आफू ३५ वर्ष हुँदा नेपालमा हुँदा होस् या लन्डनमा हुँदा धेरै कोसिस गरियो तर सकिएन l ने. बा. ए. ले दिएको जिम्मेवारीलाई सकेसम्म केही न केही गर्नु थियो l आइ बि ए को अध्यक्ष ज्यूसँग त विश्व बैंकको बैठकमा गज्जबको याद हुने छाप छोडेर आएको छु भन्ने कुरामा म ढुक्क थिए l त्यसको फलस्वरूप आमन्त्रण आइसकेको थियो l उनको स्वकीय सचिवसँग नि ६ दिनको अवधिमा नबिर्सिने चिनजान दोस्ती भैसकेको थियो l ने. बा. ए. ले जिम्मा दिनासाथ मेरो पहिलो प्रयास नै युवा कानुन व्यवसायी का लागि फेलोसिप माग्नुथ्यो l नेपाली कानून व्यवसायी को प्रजातन्त्र, मानव अधिकार, कानूनको शासन प्रतिको योगदानको राम्रो किस्सा त वाशिङ्टनमा नै धेरैलाई सुनाएर आइसकिएको थियो, त्यसैको  आडमा अनुरोध र गुनासो गरेर फेलोशिपको लागि कुराकानीको निरन्तरता गरे l सन् २०१४ मा नै यो अवसर नेपाललाई दिइसकिएकोले अरु नेपाल जस्तै देशलाई दिनु पर्ने भनी जवाफ दिइयो तर अनुरोध र गुनासो गर्ने र माग्नेको निरन्तरतामा कमी भएन l आइ. बि. ए. को कार्यालय लन्डन मा मेरा दुइ अनन्य मित्रले काम गर्थे, त्यसले गर्दा नि एकोहोरो लागि रहियो र अन्तमा शेर बहादुर सर र खम्म दाइलाई यो खुसीको खबर आइनै हाल्यो १० जना मध्ये ५ जना युवा कानून व्यवसायीलाई ने. बा. ए. ले चुन्यो उहाँहरू युवा कानुन व्यवसायीले आइ. बि. ए. को फेलोशिप मा अस्ट्रेलियाको सम्मेलनमा भाग लिनु भयो l

अस्ट्रेलियाको सम्मेलनमा शेर बहादुर सर र खम्म दाइले फेरी ने. बा. ए. को तर्फबाट भाग लिनु भयो l यसपालि म चाहि वक्ताको रुपमा आमन्त्रित थिए नेपालको संविधानको बारेमा बोल्न l अस्ट्रेलिया को उद्घाटन कार्यक्रम आश्चर्य जनक थियो l सिड्नीको डार्लिंग हार्बर ५००० कानुन व्यवसायीको कब्जामा थियो l यती विशाल कार्यक्रम भित्र कानून व्यवसायीको अतिरिक्त क्रियाकलापका धेरै प्रतिस्पर्धात्मक कार्यक्रम थिए l म स्कुल देखि हाजिर जवाफ कार्यक्रममा गज्जबको थिए l स्कुलमा हुने हाजिर जवाफको कुनै पनि प्रतियोगिता कक्षा देखि जिल्ला स्तरीय सम्म कहिले घर खाली हात फर्किन खास गरि ९ र १० कक्षा पढ्दा l यसपालि आइ. बि. ए. को उद्घाटन समारोहको अतिरिक्त क्रियाकलापमा कुईज़ कन्टेस्ट नै रोजे l उसबेला स्कुल पढ्दा साथीहरूलाई जित्ने गरेको बानी यसपालि विदेशी कानून व्यवसायीहरूलाई पछार्न काम लाग्यो l जितियो मज्जाले अनि अन्तमा तस्बिरमा राखेको टेडी पुरस्कार उसबेलाका आइ. बि. ए. का अध्यक्ष ज्यूबाट प्राप्त गरियो l मेरो जिताइ भन्दा नि विदेशी कानुन व्यवसायीहरूलाई हराएकोमा म अति पुलकित थिए l यो खेलौना मसँगै अस्ट्रेलियाबाट काठमाण्डु आयो र मेरो अफिसमा सजिएर बसेको छ l

अर्को वर्षको २०१९ को अन्तिम तिर आइ. बि. ए. को सम्मेलन दक्षिण कोरिया को सिओल मा आयोजना गरिएको थियो l बार नेतृत्वको निरन्तरता ने. बा. ए. अध्यक्ष ब. अ. चणेश्वर श्रेष्ठ ले गर्नु भयो l यो अवधिमा आइ. बि. ए. को विषय गत सम्मेलन काठमाण्डुमा गर्नको लागि पत्राचार सुरु गर्दै थियौ कोभिड -१९ को को महामारी ले एकातिर ल एसिया मानव अधिकार सम्मेलन सकियो अर्को तिर यसको मुना नै चुडीयो l त्यसपछि सन् २०२० मा मेरो काउन्सिलरको अवधि पनि सकियो l अहिले मलाई ल एसियाले कार्यकारी समिति मा निर्वाचित गरेको छ भने मा ने बा ए को अन्तराष्ट्रिय समन्वय समितिको सह संयोजकको जिम्मेवारीमा र स. अ. बा. ए. को अन्तराष्ट्रिय सम्बन्ध समिति को संयोजकको पदमा छु ।अहिले नेपाल बार को अध्यक्ष  ब अ गोपाल कृष्ण घिमिरे, महासचिव अन्जिता जी सँगै सचिव निर्भय राज पौडेलको सक्रिय नेतृत्व ले आइ बि. ए. र ल एशियासँगको सम्बन्धलाई धेरै बिस्तारित गरेको छ l यसपालिको ने. बा. ए. को सम्मेलन मा आइ. बि. ए. का महासचिव, ल एसियाका अध्यक्ष  र बार एसोसिएसन अफ इन्डियाका अध्यक्षको उपस्थिति हुने पक्का भएको छ l यहाँ सम्म आइपुग्दा मैले बुझेको कुरो के हो भने सहयोग माग्न जानियो भने सहयोग गर्नेको कमी हुँदैन l अतिथि बोलाउनुको उद्देश्य अवसर पनि दिने गरी बोलाउनु हो, त्यो पनि दिन सक्ने सँग ।

अन्तमा, ने. बा. ए. एउटा शक्तिशाली र प्रभावित पार्न सक्ने वृहत सञ्जाल भएको ठुलो र अग्रणी संस्था हो l यसको उचाइ र प्रभावबाट कोही  पर रहन सक्दैन तर यसले प्रभाव पार्न सक्नु पर्छ, सहयोग माग्न सक्नु पर्छ, सहयोग र पारस्परिक सम्बन्ध राख्न जान्नु पर्दछ सहयोगको वर्षात हुन्छ युवा कानुन व्यवसायीको व्यावसायिक अभिवृद्धिका निम्ति l अनि हामी नेपाली कानून व्यवसायीको आत्म विश्वास यति ठूलो र दृढ छ की अवसर पाउनु पर्छ हाम्रो क्षमता करिस्म्याटिक छ चाहे जस्तो सुकै व्यावसायिक प्रतिस्पर्धा होस र जहाँ होस्, जुन देशसँग होस, अनि जो सुकै सँग होस्, हाम्रो इमान, निष्ठा, लगन, व्यवसायिक क्षमता यस्तो छ कि असफलता ले बेवास्ता गर्नै सक्दै सक्दैन l तसर्थ मेरो युवा कानुन व्यवसायी लाई के निवेदन हो भने अवसर हामी माथि छ आफ्नो ज्ञान, निष्ठा, बुद्धि, विवेक, लगन, मेहनतले जाती माथि उफ्रिनु हुन्छ त्यति खुसी र सफलताको सिंढी चढ्न सकिन्छ जस्तो लाग्छ ।

तस्बिर मा मैले सिड्नी मा आई बी ए का अध्यक्ष ज्यू बाट पाएको पुरस्कार जुन मेरो काठमाडौं को अफिस मा मज्जाले बसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज